ad ad

राजनीति


सिरोहिया पक्राउ प्रकरणमा प्रधानमन्त्रीले हल्का जवाफ दिनुभयो : सिटौला

सिरोहिया पक्राउ प्रकरणमा प्रधानमन्त्रीले हल्का जवाफ दिनुभयो : सिटौला

नेपालखबर
जेठ १४, २०८१ सोमबार ११:३७, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसा सिटौलाले कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे सरकारले हल्का जवाफ दिएको बताएका छन्। सोमबार काठमाडौँमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गोष्ठीलाई सम्बेधन गर्दै उनले अदालतलाई दोष दिएर उम्कने ठाउँ नभएको बताए। 

‘नेपाली कांग्रेसले व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि बढ्दैन। तर आज दुःखका साथ भन्नुपर्छ, कैलाश सिरोहियालाई पक्राउ गर्न किन गृहमन्त्रीले आदेश दिनुभयो? मैले नबुझेको कुरा यहाँ छ। प्रधानमन्त्रीसँग पनि भन्यौँ। अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला नि भन्ने किसिमको जवाफ दिनुभयो,’ सिटौलाले भने, ‘यो त हल्का जवाफ भयो प्रधानमन्त्रीज्यु यसरी भन्न भएन हामीलाई कम्तीमा। सरकारले प्रहरीलाई अदालतमा पत्र लिएर जाउ, पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालतले आफैँ भएको हो त?’

सिरोहिया प्रकाउ पर्दा सरकार एक्टिभ नभइ अदालतले पक्राउ गर्नु भनेर आदेश नदिने सिटौलाको जिकिर थियो। अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ रहेको भन्दै हल्का जवाफ नदिन प्रधानमन्त्रीलाई आग्रह गरे।

‘अदालत आफैँ एक्टिभ भएको हो त, अदालतले पक्राउ गर भनेर पुलिसलाई निर्देशन दिएको होइन नि। सरकार एक्टिभ हो। अदालतलाई दोष दिएर उम्किने ठाउँ सरकारको छैन,’ उनले भने, ‘अत्यन्त दुराशय ढंगले जुन परिस्थितिमा पक्राउ गर्नुभयो। जुन तरिकाले पक्राउ गरेर जसरी हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको छ, त्यसको निस्कर्षमा भन्ने हो भने कानूनको कपटपूर्ण प्रयोग भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .