ad ad

कारोबार


११ वटा नदीमा पानी जहाज चलाउन अध्ययन, कोसी र नारायणीमा टर्मिनल भवन

११ वटा नदीमा पानी जहाज चलाउन अध्ययन, कोसी र नारायणीमा टर्मिनल भवन

फाइल फोटो


नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:४३, काठमाडौँ

सरकारले ११ वटा नदीमा पानी जहाज चलाउन सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।

हालसम्म सुनकोसी नदी १५३ किलोमिटर,  तामाकोसी नदी  ६३.५ किलोमिटर सहित विभिन्न ११ नदीमा आन्तरिक जलमार्गमा जलयानको सम्भाव्यता अध्ययन गरेको हो।

आर्थिक सर्वेक्षणमा कोसी र नारायणी नदीमा जलयात्री टर्मिनल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ।

त्यसैगरी, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०८० फागुनसम्म ६३ किलोमिटर ट्र्याक बेड र १३ रेल्वे पुल निर्माण कार्य सम्पन्न भएको छ।

अन्तरदेशीय रेलमार्ग अन्तर्गत जयनगर– जनकपुर–विजलपुरा ५२ किलोमिटर रेलसेवा सञ्चालन भएको छ।

जोगवनीदेखि विराटगनरसम्म १० किलोमिटर रेलमार्ग निर्माण भई हाल भारतको बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .