ad ad

कारोबार


३ लाख २२ हजार कम्पनी दर्ता, १५ करोड बढी पुँजी हुने १.७ प्रतिशत मात्रै

३ लाख २२ हजार कम्पनी दर्ता, १५ करोड बढी पुँजी हुने १.७ प्रतिशत मात्रै

नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:१५, काठमाडौँ

२०८० फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख २२ हजार ८ सय ६ रहेको छ। 

चालू आर्थिक वर्षको फागुनसम्म थप १६ हजार ५ सय ९० कम्पनी दर्ता भएका हुन्। 

 गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १५ हजार १ सय ८७ थियो। 

कम्पनीमध्ये प्राइभेट लिमिटेड सबैभन्दा बढी ९६.९ प्रतिशत र अन्य ३.१ प्रतिशत रहेका छन्।

२०८० फागुनसम्म दर्ता भएका कम्पनीमध्ये  २० लाखसम्म कुल पुँजी लगानी भएका कम्पनीको सङ्ख्या ३२.६ प्रतिशत, २० लाखदेखि  १ करोडसम्म पुँजी लगानी भएका कम्पनी ५२  प्रतिशत र १ करोडदेखि  १५ करोडसम्म पुँजी लगानी भएका कम्पनी १३.८ प्रतिशत र  १५ करोडभन्दा बढी पुँजी लगानी भएका कम्पनी १.७ प्रतिशत रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .