ad ad

कारोबार


९ अर्बको विकास ऋणपत्रको बिक्री १३ गते, यस्तो छ खरिद सीमा

९ अर्बको विकास ऋणपत्रको बिक्री १३ गते, यस्तो छ खरिद सीमा

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १२:४०, काठमाडौँ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही १३ गते ९ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। 

एक सूचना जारी गर्दै कार्यालयले ९ सय करोड रुपैयाँको विकास ऋणपत्र  बिक्री गरिने जानकारी दिएको हो। 

यसको नाम ६ वर्षे विकास ऋणपत्र २०८७ च रहेको छ। कार्यालयका अनुसार बोलकबोलका माध्यमबाट यसको बिक्री हुनेछ भने १४ गते निष्काशन गरिने उल्लेख छ। 

ऋणपत्र खरिदमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन्। 

यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ। यसको ब्याज भुक्तानी ६÷६ महिनामा गरिने र यसमा आयकर लाग्नेछ। 

यसमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलकबोलकर्तालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ७६५ करोड र १३५ करोड छुट्याइएको छ। 

छुट्याइएको रकमको पूरा बोल प्राप्त नभए बाँकी रकम प्रतिस्पर्धी बोलकबोलकर्तालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा समानुपातिक रुपमा रकम बाँडफाँट गरिने कार्यालयले जनाएको छ। 

बोलकबोलकर्ताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सोभन्दा तलका सबै बोलकबोलकर्तालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ। 

बोलकबोलकर्ताले घटीमा ५ लाख र बढीमा कुल रकमको सीमा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकलाई राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .