कारोबार


२०८५ सम्म नेपालको अर्थतन्त्र ८० खर्ब पुर्‍याउने लक्ष्य

२०८५ सम्म नेपालको अर्थतन्त्र ८० खर्ब पुर्‍याउने लक्ष्य

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:२०, काठमाडौँ

१६औँ पञ्चवर्षीय योजनाले नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८५/८६ सम्म ८० खर्ब १९ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ। 

गत आव (२०७९/८०)मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ४८ अर्ब रहेकामा चालू आव २०८०/८१ मा ५७ खर्ब ४ अर्ब रहने अनुमान छ। 

यसअनुसार योजना अवधिमा जीडीपी ८० खर्ब १९ अर्ब रुपैयाँ पुग्ने राष्ट्रिय योजना आयोगले लक्ष्य राखेको छ। 

यो कुल गार्हस्थ्य उत्पादन आव २०८०/०८१ को मूल्यमा आधारित छ। जीडीपी र मूल्यअनुसार भने गत आवमा ५३ खर्ब ४८ अर्ब रहेको जीडीपी चालू आवमा ५७ खर्ब ४ अर्ब रहने अनुमान गरिँदा योजना अवधिमा १०३ खर्ब पुर्याउने लक्ष्य राखिएको छ। 

त्यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा गत आवमा १ हजार ३ सय ८९ रहेकामा चालू आवमा १ हजार ४ सय ३४ रहने अनुमान हुँदा पञ्चवर्षीय योजना अवधिमा अर्थात् २०८५/०८६ मा २ हजार ३ सय १९ पुग्ने लक्ष्य छ। 

त्यसैगरी प्रतिव्यक्ति आय अमेरिकी डलरमा गत आवमा १ हजार ४ सय ५ रहेकामा चालू आवमा १ हजार ४ सय ५६ डलर रहने अनुमान छ। १६औँ पञ्चवर्षीय योजना अवधिमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर रहने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad