कारोबार


१६औँ पञ्चवर्षीय योजनाको लक्ष्य : ७.३ प्रतिशत आर्थिक वृद्धि, २३५१ डलर प्रतिव्यक्ति आय

१६औँ पञ्चवर्षीय योजनाको लक्ष्य : ७.३ प्रतिशत आर्थिक वृद्धि, २३५१ डलर प्रतिव्यक्ति आय

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:०, काठमाडौँ

१६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सार्वजनिक गरिएको छ। 

उक्त पञ्चवर्षीय योजनाले आगामी आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ। हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ। 

आर्थिक वृद्धितर्फ चालू आर्थिक वर्ष ०८०/०८१ मा ३.९ प्रतिशत, ०८१/८२ मा ६ प्रतिशत, ०८२/८३ मा ६.६ प्रतिशत, ०८३/०८४ मा ७.४ प्रतिशत, ०८४/८५ मा ७.९ प्रतिशत र ०८५/०८६ मा ७.२ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। समग्रमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने १६औँ पञ्चवर्षीय योजनाको लक्ष्य छ। 

त्यसैगरी पञ्चवर्षीय योजनाले आगामी अवधिमा हाल १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। 

राष्ट्रिय योजना आयोगका अनुसार हाल गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ। 

त्यसैगरी उपभोक्ता मुद्रास्फीति ७.७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पुर्‍याउने, मानव सम्पत्ति सूचकांक ७६.३ रहेकामा त्यसलाई ७८ पुर्‍याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु (जन्म हुँदाको) हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्यहरु पञ्चवर्षीय योजनामा राखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad