ad ad

कारोबार


काठमाडौँका यी २८ ठाउँमा भोलिदेखि ४ दिनसम्म जाँदैछ दैनिक ६ घण्टा बिजुली

काठमाडौँका यी २८ ठाउँमा भोलिदेखि ४ दिनसम्म जाँदैछ दैनिक ६ घण्टा बिजुली

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८१ बुधबार १०:५, काठमाडौँ

काठमाडौँका केही ठाउँमा भोलि (बिहीबार)देखि चार दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही जेठ ८ गतेसम्म काठमाडौँका २८ ठाउँमा विद्युत् सेवा कटौती गर्न लागिएको हो।

काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी भक्तपुरले बिहीबार एक सूचना प्रकाशित गरी विद्युत् कटौती हुने जानकारी गराएको हो। 

काठमाडौँको नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान र त्रिपुरेश्वर फिडरबाट वितरित विजुली बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म अवरुद्ध हुने जानकारी प्राधिकरणले दिएको छ। 

जेठ ३ गते नयाँ बजार फिडर अन्तर्गतका खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ।

त्यसैगरी जेठ ५ गते क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ।

जेठ ५ गते नै टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोबीचौर, ठहिँठी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा पनि बत्ती जानेछ। 

त्यसैगरी जेठ ६ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ता जानेछ। 

त्यसैगरी जेठ ८ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ती जानेछ।

जेठ ८ गते नै त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर र विश्वनिकेतन स्कुल क्षेत्रमा बत्ती जाने छ। 

प्राधिकरणले मौसम प्रतिकुल भएमा विद्युत् आपूर्ति बन्द नगरिने जनाएको छ। विद्युत् अवरुद्ध हुँदा हुने असुविधाप्रति प्राधिकरणले ग्राहकसँग क्षमा याचना गरेको छ। 

६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .