ad ad

कारोबार


चैतसम्मको अर्थतन्त्र : वस्तु खपत अझै हुन सकेन, ऋण लगानी २ खर्ब बढ्यो

चैतसम्मको अर्थतन्त्र : वस्तु खपत अझै हुन सकेन, ऋण लगानी २ खर्ब बढ्यो

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १४:३७, काठमाडौँ

आज नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको समग्र सूचकहरू सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुख्य दुई सूचक कमजोर र अर्थतन्त्र चलायमान बनाउन बाधक बनेको देखिएको छ। 

यसअनुसार नेपालमा वस्तु खपत कम भइरहेको र लगानी कमजोर भइरहेको देखिएको छ।  

नौ महिनामा आयातनिर्यात कम भएको छ भने वस्तु उत्पादन समेत घटेको छ। विदेश निर्यात हुने वस्तु नेपालमा समेत खपत हुन्छ। यसको रेसियो कमजोर देखिएको छ। यसले नेपालमा समेत वस्तु खपत नभएको संकेत गर्छ। 

भन्सारबाट राष्ट्र बैंकले सापट लिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ। १ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आएको छ।  ११ खर्ब ६७ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयत भएको छ।  यो तथ्याङ्क अनुसार वस्तु खपत नेपालमा घटेको देखिएको छ।

यसले अर्थतन्त्र चलायमान बनाउन नसकेको देखिएको हो। त्यस्तै अर्थतन्त्र चलायमान बनाउने प्रमुख सूचक लगानी समेत हो। 

बैंक तथा वित्तीय क्षेत्रमार्फत हुने कर्जा लगानी पनि अहिलेसम्म उत्साहप्रद देखिएको छैन। चालू आर्थिक वर्षको सुरुमा निकै कमजोर रहेको कर्जा विस्तार अहिले भने केही अघि बढ्नथालेको देखिएको छ। 

राष्ट्र बैंकका अनुसार ९ महिना अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले बढेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ अर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको थियो। 

क्षेत्रगत आधारमा कस्तो छ कर्जा विस्तार?
२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ। 

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो।

अर्थतन्त्र चलायमान बन्न नसकको अर्को सूचक जुन वस्तु आयातसम्म जोडिने विदेशी मुद्रा सञ्चिति पनि हो। जुन अहिले १९ खर्ब नाघेको छ। १५ महिनाको वस्तु आयात धान्न सकिने गरी विदेशी मुद्रा थुप्रन पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .