कारोबार


गुल्मी रेसुंगाको पर्यटन प्रवर्द्धन गर्न ‘जाऊँ हिँड रेसुंगा’, प्रधानमन्त्रीले उद्घाटन गर्ने

गुल्मी रेसुंगाको पर्यटन प्रवर्द्धन गर्न ‘जाऊँ हिँड रेसुंगा’, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १२:१४, काठमाडौँ

गुल्मीको रेसुंगा नगरपालिकाले रेसुङ्गाको पर्यटन प्रवर्द्धन गर्न काठमाडौंमा कार्यक्रम हुँदै छ। 

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रवर्द्धनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्न लागेका हुन्। 

‘जाऊँ हिँड रेसुंगा’  प्रर्वधनात्मक कार्यक्रमको बारे नगर प्रमुख खिलध्वज पन्थिले गुल्मी रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान वैशाख २० गते उद्घाटन कार्यक्रम राखिएको बताए। 

प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षैभरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थीले बताए। 

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रर्वद्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे। 

बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रर्वद्धन हुने  बताए। 

कार्यक्रममा डा. नारायाचार्य तिसिमल्सेनाले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रको रेहको शालिग्रामको संरक्षण आवश्यक रहको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनु पर्ने बताए। 
 
रेसुङ्गा क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधता रहेको छ। 

महर्षि ऋष्यशृङ्गसित सम्बन्ध रहेको मानिने यस तपोभूमिमा अनेक ऋषिमुनि र साधुसन्तहरूले तपस्या गर्दै आएको र त्रेता युगमै महर्षि ऋष्यशृङले यहाँ आई तपस्या गरेको र ऋष्यशृङ महषिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए ।

जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्नजस्ता पुत्ररत्नहरू प्राप्त भएका थिए भन्ने कुरा वाल्मीकि रामायणको बालकाण्डको ९–१५ सर्गसम्ममा विस्तृत वणर्न गरिएको पाइन्छ ।

रेसुङ्गामा सिधा हवाइसँगै सड्क यातायातका विभिन्न विकल्पहरु प्रयोग गरेर रेसुंगा पुग्न सकिने नगर प्रमुख पन्थीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .