कारोबार


नबिल बैंकको वीरगन्ज शाखामा चोरी, बोरामा हालेर लगे पैसा

नबिल बैंकको वीरगन्ज शाखामा चोरी, बोरामा हालेर लगे पैसा

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १६:५६, काठमाडौँ

वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखामा चोरी भएको छ। १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ।

प्रहरीले हालसम्म संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार राति बैंकको ताल्चा फुटाई भित्र पसेका थिए। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।

बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। । चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।

सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .