ad ad

कारोबार


वर्ल्ड लिंकको निःशुल्क वाईफाई ९ हजार एक सय स्थानमा

वर्ल्ड लिंकको निःशुल्क वाईफाई ९ हजार एक सय स्थानमा

नेपालखबर
फागुन ७, २०७६ बुधबार ९:५८,

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ९ हजार एक सय स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि अघि फागुन मै मुलुकभरका दश हजार सार्वजनिक स्थानमा निशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। ‘एक वर्षको अवधिमा ९ हजारभन्दा धेरै स्थानमा निःशुल्क वाइफाइ दिइसकेका छौं,’ वर्ल्ड लिंकका निर्देशक लक्ष्मण यादवले भने, ‘अब हामीले एक वर्षभित्र गर्ने योजना लगभक पुरा भएको छ।’

सार्वजनिक स्थानमा आफ्नो सेवालाई उपलब्ध गराउने उद्देश्यका साथ यो योजनालाई मुलुकभर विस्तार गरिएको वर्ल्ड लिंकले जनाएको छ।

वर्ल्ड लिंकले मुलुकभरका भीडभाड हुने ठाउँहरु जस्तो कि चोक, मालपोत कार्यालय, पार्क लगायतका ठाउँ छन्। कम्पनीले यसअघि पशुपति विकास क्षेत्र, बौद्ध, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट, पोखरा र वीरगञ्ज महानगरपालिका कार्यलयलगायतका महत्वपूर्ण स्थलहरुमा नियमित रुपमा सेवा दिँदै आएको छ।

इन्टरनेटको प्रयोगसम्बन्धी चेतना जगाउने उद्देश्यले वर्ल्ड लिंकले विभिन्न विद्यालयका विद्यार्थीलाई इन्टरनेटको प्रयोगसम्बन्धी ज्ञान दिदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .