कारोबार


लगानी बोर्डले माग्यो यी १२ आयोजनामा आशयपत्र, कुन कुन?

लगानी बोर्डले माग्यो यी १२ आयोजनामा आशयपत्र, कुन कुन?

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १५:३, काठमाडौँ

लगानी बोर्डले १२ वटा आयोजनामा आशयपत्र माग गरेको छ। लगानी सम्मेलनका पहिलो दिन एक दर्जन आयोजनामा वैदेशिक लगानीको आशयपत्र माग गरेको हो। 

लगानी बोर्डले प्रदर्शनी केन्द्र, जलविद्युतका परियोजना, एक्सप्रेस वे, पार्क, हस्पिटल लगायतमा आशयपत्र माग गरेको छ। जुन २ तारिखसम्म आयपत्र पेश गर्न सक्ने बोर्डले उल्लेख गरेको छ। 

बोर्डले पोखरा सम्मेलन केन्द्रको निर्माण गर्न आशयपत्र माग गरेको छ। करिब तीन अर्ब ७२ करोड रुपैयाँ लागतको आयोजनामा वैदेशिक लगानीकर्ता खोजिदै छ। परियोजनामा पाँचतारे होटल, रेष्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।  

दोस्रोमा १ घण्टामै चितवन पुग्न सकिने चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे बनाउने प्रस्ताव गरिएको छ। २ खर्ब २१ अर्बको आयोजना रहेको छ। 

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे

तेस्रोमा सिताको जन्मस्थान जनकपुरमा जानकी हेरिटेज होटल एन्ड कल्चर भिलेज आयोजनाको लागि आशयपत्र माग गरेको छ। २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। 

चौथोमा धुलिखेल मेडिसिटी आयोजनाको लगानी गर्न इच्छुकलाई आशयपत्र माग गरेको छ। धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत अस्पतालको रुपमा परियोजना तयार गरिएको छ। करिब ११ अर्ब रुपैयाँ लगात अनुमान गरिएको छ। 

पाँचौ आयोजनामा सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना रहेको छ। कैलाली, कञ्चनपूर, डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्ने योजना रहेको छ।  १७२ बस तथा ४७ बस बिसौनी प्रस्ताव गरिएको छ। पेट्रोलपम्प र चार्जिङ स्टेशन निर्माण गरिने छ। 

छैठौमा बबरमहल प्रशासनिक प्लाजा रहेको छ। १० अर्ब २० करोड रहेको छ। सातौमा २८१ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना रहेको छ। ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। 

आठौंमा ६५० कालिगण्डकी २ जलाशययुक्त आयोजना रहेको छ। एक खर्ब ७४ अर्ब ७३ करोड रुपैयाँ लागत अनुमानको आयोजनाको आशयपत्र माग गरिएको छ। 

गौतमबुद्ध मेटर्निटी हस्पिटल

नबौं आयोजनाको रुपमा १२ सय १६ मेगावाटको खिम्ती थोसे शिवालय जलाशययुक्त आयोजना रहेको छ। २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागन अनुमान गरिएको छ। 

१० औं नम्बरमा ३३७ मेगावाटको भारब्रुङ जलशायययुक्त आयोजना रहेको छ। ८० अर्ब १२ करोड रुपैयाँ लागत अनुमान रहेको छ। 

११औं आयोजनाको रुपमा दैजी औद्योगिक पार्क रहेको छ। ८ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान रहेको छ। 

१२औं नम्बरमा गौतमबुद्ध मेटर्निटी हस्पिटल रहेको छ। लागत १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .