ad ad

कारोबार


मेगा बैंकको नयाँ बचत योजनाः ५० हजारसम्म मेडिकल र ७ लाखसम्म दुर्घटना बीमा

मेगा बैंकको नयाँ बचत योजनाः ५० हजारसम्म मेडिकल र ७ लाखसम्म दुर्घटना बीमा

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ११:४,

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’को २०२० संस्करण ल्याएको हो। न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।

योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ। यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ। यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ। यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन्।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरुले यस बचत योजनालाई अत्याधिक मन पराइदिने बैंकले आशा गरेको छ। ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ। मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .