ad ad

कारोबार


सफल भयो नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा ‘रिफ्युलिङ’

सफल भयो नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा ‘रिफ्युलिङ’

नेपालखबर
चैत १८, २०८० आइतबार १२:५२, काठमाडौँ

नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ (इन्धन भर्ने काम) सफल भएको छ। 

काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरी गाडीमा इन्धनको रुपमा गरेको प्रयोग सफल भएको हो।  

नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन प्रयोगशाला सञ्चालनमा ल्याएको थियो। उक्त प्रयोगशालाले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी र रिफ्युलिङ मेसिन ल्याएको थियो। 

‘नेपालमा एउटा इतिहास बनेको छ। पहिलो पटक हाइड्रोजन उत्पादन भई गाडीमा रिफ्युलिङ भएको छ’, प्रयोगशालाका प्रमुख डा. विराज सिंह थापाले नेपालखबरसँग भने, ‘नेपालको लागि आज हाइड्रोजन दिवस हो।’

पानीबाट हाइड्रोजन उत्पादनको लागि विद्युत् आवश्यक पर्छ। विश्व बजारमा नयाँ ऊर्जाको रुपमा हाइड्रोजन विकास भइरहँदा नेपालको सम्भावना बढी छ। 

भिडिओ

सरकारले हाइड्रोजनसम्बन्धी नीति बनाइसकेको छ। अब हाइड्रोजनसम्बन्धी ऐन र नियमावली बनाई नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा स्वीकार गर्नुपर्ने आवश्यकता छ। 

नेपालमा हाइड्रोजनको गाडी भित्रिए पनि आवश्यक कानुन नहुँदा गाडीमा नम्बर प्लेट राख्नै अप्ठ्यारो छ। 

थापाले पानी र विद्युत् नेपालकै आफ्नै उत्पादन भएकाले हाइड्रोजनमा नेपालले नेतृत्व गर्न सक्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .