ad ad

कारोबार


सहुलियत कर्जा : १० क्षेत्रमा सरकारले दियो २२ अर्ब अनुदान, कुनमा कति?

सहुलियत कर्जा : १० क्षेत्रमा सरकारले दियो २२ अर्ब अनुदान, कुनमा कति?

नेपालखबर
चैत ११, २०८० आइतबार १५:२६, काठमाडौँ

सरकारले सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ। 

साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो। 

सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह भएको छ। 

शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड रुपैयाँमात्रै स्वीकृत भएको छ भने विदेशबाट फर्किएका युवा परियोजना कर्जा ६७ करोड रुपैयाँ स्वीकृत भएको छ। 

त्यस्तै, महिला उद्यमशील कर्जा ८१ अर्ब ५१ करोड स्वीकृत भएको छ। दलित समुदाय व्यवसाय विकास कर्जा ६६ करोड मात्रै गएको छ।

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ४ करोड, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा २६ करोड गएको छ। 

कपडा उद्योग सञ्चालनका लागि १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमको लागि ४ लाख र युवा वर्ग स्वरोजगार कर्जा ७ करोड रुपैयाँ स्वीकृत भएको छ। कुल १ लाख ३२ हजार ऋणी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .