कारोबार


सांसद अमरेशको कटाक्ष- आगामी बजेटको नाम बाहुबली विनियोजन विधेयक राखे हुन्छ

सांसद अमरेशको कटाक्ष- आगामी बजेटको नाम बाहुबली विनियोजन विधेयक राखे हुन्छ

नेपालखबर
चैत ७, २०८० बुधबार १४:५१, काठमाडौँ

सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक शीर्षक राख्न सुझाव दिएका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिएका हुन्। 

उनले सरकारले आगामी वर्षको बजेटलाई बाहुबली बजेटका रुपमा प्रस्तुत गरे हुने टिप्पणी गरे। उनले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बाहुबली विनियोजन विधेयक राख्दा हुने बताए। 

उनले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकको बताए। उनले अब सबै नेताहरुले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताए। उनले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे। 

उनले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताए। उनले  मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गरे। सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताए।

उनले बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने बताए। उनले कृषिको प्रतिफल समेत आउन नसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .