नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका छन्।
अर्थ मन्त्रालयले रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो।
आज (फागुन ३०) गते अन्तिम म्याद राखि आवेदन खुला गरिएकोमा १९ जनाले निवेदन दिएका हुन्।
मन्त्रालयका अनुसार चिरन्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलीया, डा. बीमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्कीको आवेदन परेको हो।
159
Shares
प्रतिक्रिया