कारोबार


रेमिट्यान्स २२ प्रतिशतले बढ्यो, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

रेमिट्यान्स २२ प्रतिशतले बढ्यो, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

नेपालखबर
फागुन २७, २०८० आइतबार १५:१८, काठमाडौँ

नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ। 

चालू आर्थिक वर्षको ७ महिना अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो। 

यो अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad