ad ad

कारोबार


सेरेस३ बन्यो ४६६० मिटर उचाइमा रहेको कोरोला पुग्ने पहिलो ई-एसयूभी (तस्बिर)

सेरेस३ बन्यो ४६६० मिटर उचाइमा रहेको कोरोला पुग्ने पहिलो ई-एसयूभी (तस्बिर)

नेपालखबर
फागुन १६, २०८० बुधबार २१:४, काठमाडौँ

‘साहसिक’ र ‘अन्वेषक’ युवाहरुको समूह ‘नेपाल एत्थ वन्डर’ले भर्खरै सेरेस ३ इभी प्रयोग गरेर समुद्री सतहबाट ४६६० मिटर उचाइमा हिमाली क्षेत्रमा रहेको लोमान्थाङभन्दा माथिको गन्तव्य कोरोला पाससम्ममा यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ।

इभी सेग्मेन्टकै सबैभन्दा बढी ग्राउन्ड क्लेरेन्स र मेकानिकल क्षमता भएका कारण ‘नेपाल एत्थ वन्डर’ले यो साहसिक यात्राका लागि सेरेस ३ लाई छनोट गरेको कम्पनीले जनाएको छ।

लोमान्थाङको बाटो अफरोड मात्र होइन खतरनाक पनि छ जसका कारण धेरै चारपांग्रे चालकहरु यसलाई आफ्नो गन्तव्य बनाउन हिच्किच्याउँछन्। तर १९० एमएम ग्राउन्ड क्लेरेन्स भएको सेरेस ३ ले यसलाई सहजताका साथ पार गरेको छ।

कम्पनीका अनुसार सेरेस३को विल्ड क्वालिटी अद्वितीय छ र च्यासिस र सस्पेन्सन सिस्टम मजबुत छ जसले यो इभीलाई अफरोडका लागि पनि क्षमतावान् बनाएको छ। कठिन भूगोलमा पनि ‘नेपाल एत्थ वन्डर’को टोलीले आरामदायी यात्राको अनुभव गरेको बताएको छ।

विभिन्न प्रकारको भौगोलिक अवस्था पार गरे पनि अन्ततः उनीहरु ४६६० मिटर उचाइमा रहेको अपर मुस्ताङमा पुगेका हुन्। यसबाट ‘नेपाल एत्थ वन्डर’ र सेरेस ३ दुवै मजबुत र साहसिक भएको पुष्टि गर्नुका साथै इलेक्ट्रिक गाडीहरु सहरकेन्द्रित मात्र होइन कठोर भूगोललाई पनि ह्यान्डल गर्न सक्षम छन् भन्ने प्रमाणित भएको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .