ad ad

कारोबार


ऋण हिनामिना आरोपमा पूर्वसीईओ गौतमसहित १० जना पक्राउ, अपरेसन जारी

ऋण हिनामिना आरोपमा पूर्वसीईओ गौतमसहित १० जना पक्राउ, अपरेसन जारी

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १२:४०, काठमाडौँ

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वसीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरेको छ।

गौतमसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ। यसअघि सेञ्चुरीकै पूर्वसीईओ मनोज न्यौपानेलाई पनि प्रहरीले मंगलबार बिहान पक्राउ गरिसकेको छ।

सीआईबीका एक अधिकारीले नेपालखबरलाई बताएअनुसार अहिलेसम्म यस प्रकरणमा तत्कालीन सेञ्चुरी बैंकका १० जना कर्मचारी पक्राउ परिसकेका छन्। 

पछिल्लो पटक पक्राउ परेका गौतम मनोज न्यौपाने सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि उक्त जिम्मेवारीमा थिए। 

न्यौपाने २०७८ असारदेखि सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए। 

सेञ्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ। उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन्। 

सीआईबीले मनोज र तुलसीरामसहित प्रभुका अन्य केही कर्मचारीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका यी सबै कर्मचारी तत्कालीन सेञ्चुरी बैंकबाट प्रभुमा गाभिएका हुन्। 

सीआईबीले ऋण प्रवाहका क्रममा हिनामिना आरोपमा दिपेश प्रधान, दिलिप बराल, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .