ad ad

कारोबार


आगामी आर्थिक वर्षमा राजस्व परिचालन प्रभावकारी बनाइने

आगामी आर्थिक वर्षमा राजस्व परिचालन प्रभावकारी बनाइने

नेपालखबर
फागुन १४, २०८० सोमबार १५:२३, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष राजस्व परिचालन प्रभावकारी बनाउने बताएको छ।

आज आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारको खर्च व्यहोर्ने प्रमुख स्रोतको रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाइने बताएका हुन्। 
 
व्यवसाय र लगानीमैत्री कर नीति लिइनेछ र कर प्रणाली पुनरवलोकन गर्न गठित समितिको सुझाव समेतका आधारमा कर प्रणालीमा सुधारका कार्यअघि उल्लेख बताए।

राजस्व प्रशासनमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी राजस्व प्रशासनको व्यवसायिकता अभिवृद्धि र करदाताको व्यवसायिक लागत घटाउने गरी कर प्रणाली सुधारका कार्य अघि बढाउने उल्लेख छ।

करको दायरामा नआएका नयाँ व्यवसायिक क्षेत्र लक्षित गरी बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइनेछ। साथै कर चुहावट नियन्त्रणमा संस्थागत समन्वय सुदृढ प्राथमकिता र सिद्धान्तमा उल्लेख गरिएको  छ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको जगमा तर्जुमा हुने बजेटले मुलुकको समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सघाउ र्पुयाउनुका साथै अर्थतन्त्रले गति लिने विश्वास मन्त्री प्रकाशशरण महतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .