ad ad

कारोबार


अर्थतन्त्र लयमा आउँछ, राजस्व छली र अवैध व्यापार सरकारले रोक्छ : प्रधानमन्त्री

अर्थतन्त्र लयमा आउँछ, राजस्व छली र अवैध व्यापार सरकारले रोक्छ : प्रधानमन्त्री

तस्बिर : संसद् सचिवालय


नेपालखबर
फागुन ६, २०८० आइतबार १३:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रणका लागि सरकार विशेष योजनासहित कडा रुपमा प्रस्तुत हुन लागेको जानकारी गराएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले स्रोत बढाउन राजस्व प्रशासनमा थप सुधार गर्ने पनि बताए। 

‘आगामी दिनमा स्रोत बढाउन, राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल लिँदैछ। राजस्व छलि, अवैध व्यापार, कारोबार नियन्त्रण गर्न विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुँदैछ,’ कांग्रेस सांसद गगन थापालाई जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने। 

उनले यस्ता कामबाट राजस्व प्राप्तिमा थप योगदान भइ सरकारको आर्थिक स्रोत बढ्ने कुरामा सरकार आशावादी भएको पनि बताए।

प्रचण्डले देशको अर्थतन्त्र चलायमान भइनसकेको पनि बताएका छन्। कांग्रेसका सांसद थापाले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले पूर्ण रुपमा अर्थतन्त्र समस्यामुक्त नभएको मूल्यांकन सरकारको रहेको बताए। 

‘अहिले अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक रहेका छन्। तर यो क्षेत्र समस्यामुक्त भने भएको छैन। अर्थतन्त्र पूर्ण रुपमा चलायमान भएको छैन भन्ने सरकारको मूल्यांकन रहेको छ,’ उनले भने।

पूर्ण लयमा फर्काउनेतर्फ चुनौती भने कायम रहेको प्रधानमन्त्रीले बताए।

उनले सरकारले पहिलो ६ महिनाको प्रगति सोचेअनुसार नभएको पनि बताए। ‘अहिले सरकारको ध्यान यसैमा केन्द्रित छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .