ad ad

कारोबार


प्रधानमन्त्रीलाई गगनले भने : विदेशी मुद्रा सञ्चिति बढ्यो भन्दैमा दंग नपरे हुन्छ

प्रधानमन्त्रीलाई गगनले भने : विदेशी मुद्रा सञ्चिति बढ्यो भन्दैमा दंग नपरे हुन्छ

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १३:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन कुमार थापाले विदेशी मुद्रा संचिति बढ्यो भन्दैमा दंग हुनुपर्ने आधार नभएको बताएका छन्। 

आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दै उनले अर्थतन्त्रको सूचांक सकारात्मक नभएको बताए। 

‘अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी मिल्दैन भन्न पनि मिल्छ। आंशिक सहि छ,’ थापाले प्रश्न गरे, ‘विदेशी मुद्रा संचिति बढ्यो भनेर दंग पर्नुपर्ने पनि आधार रहेन।’

सरकारले अब त्यस्तो के नीति नियम ल्याउँदै छ र जसले राजस्व उठ्ने आधार देखाउँछ भनेर पनि प्रधानमन्त्रीलाई गगनले सोधे। 

‘सरकारले गर्दा विप्रेषणको रकम घटेको हो? यो बीचमा सरकारले के गर्यो, जसले विप्रषण बढ्यो? यो आर्थिक वर्षको बाँकी रहेको समयमा अहिले गरेको भन्दा के फरक गर्नुहुँदै छ? जसको कारणले अहिले नउठेको राजश्व उठ्छ? के नयाँ नीति, नियम ल्याउँदै हुनुहुन्छ? नियतमा बदलाव कसरी ल्याउँदै हुनुहुन्छ?,’ गगनले सोधे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .