ad ad

कारोबार


हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

नेपालखबर
फागुन २, २०८० बुधबार १७:४७, काठमाडौँ

फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ।

कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरू उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए।

कम्पनीका अनुसार ३,००० स्क्वायर फिट भन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंङ्स तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्दछ। यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक, आन्द्रे इकहोल्टले भने, ‘हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ। हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं। नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो।’

हेटिचको बारेः
कम्पनीका अनुसार हेटिच, १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो। १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो। अत्याधुनिक फर्निचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८००० भन्दा बढी कामदारहरू आवद्ध छन्।

हेटिचले भारत लगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैका लागि उच्च स्तरका सामानहरू उत्पादन गर्दै आएको छ। नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिच केही समय यता बजारकै अग्रणी बन्न सफल भएको छ।

हेटिचको उत्पादन पोर्टफोलियोमा अत्याधुनिक जर्मन गुणस्तरबाट निर्मित फर्निचर फिटिङ्स तथा हार्डवेयरको एक भण्डार समावेश छ, जसले सबै आवासीय र व्यावसायिक स्थानहरुको लागि समग्र फिटिङ्स समाधान प्रदान गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .