ad ad

कारोबार


प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्रान्ड ऐम्बेस्डर

प्रियंका कार्की, आयुष्मान देशराज र आयांका बने वात्सल्यका ब्रान्ड ऐम्बेस्डर

नेपालखबर
माघ २८, २०८० आइतबार १९:१६, काठमाडौँ

उच्च आईभीएफ सफलता दरका साथ नेपालमा आधुनिक प्रजनन् चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्रान्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की,अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांका लाई संयुक्त रुपमा नियुक्त गरेको छ।

वात्सल्यको नारायणचौरस्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।

वात्सल्य क्लिनिकका संस्थापक/प्रबन्ध निर्देशक प्रशान्त सुवेदी ब्रान्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःसन्तान सम्बन्धी कुण्ठालाई उनीहरू मार्फत् थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन्।

अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणाका कारण धेरै महिलाहरूको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्राभाव नयाँ पुस्तामा गहिरो रहेको तथ्य नकार्न सकिन्न भन्दै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वस्त रहेको सुवेदीले बताए।

बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री कार्कीले जनाइन्।

यस्तै, आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरूले थाहा पाएका कारण यस सम्बन्धी आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता जोशीले बताए।

वात्सल्य आईभीएफले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिङ, प्रसुतीपूर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन् सम्बन्ध सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्छ। यससम्बन्धी सम्पूर्ण जानकारी वेवसाइट वा फोन ०१–५९७०६११ मार्फत् प्राप्त गर्न सकिने संस्थाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .