प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले निलम्बरी कोल्ड स्टोर प्रालि सर्लाहीसँग शीतभण्डार गृह निर्माणसम्बन्धी सम्झौता रद्द गरेको छ। निलम्बरी कोल्ड स्टोर प्रालिले सम्झौताबमोजिम काम नभएको भन्दै सम्झौता रद्द गरिएको परियोजनाले जनाएको हो।
कम्पनीले नेपाल सरकारबाट प्राप्त अनुदानको सही सदुपयोग नगरेको, सन्तोषजनक भौतिक तथा वित्तीय प्रगति नगरेको मोबिलाइजेसन पेस्कीको सही सदुपयोग नगरेको कारण सम्झौता रद्द गरिएको परियोजना निर्देशक रेवतीरमण पौडेलले बताए।
पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोधार्थ पत्र लेख्दै मन्त्रालयको अनुगमन प्रतिवेदनको सुझावअनुसार सझौताको कोसेढुंगामा उल्लेख भएको कुनै पनि कार्यहरु कार्यन्वयको दिशामा अगाडि नबढेको बताएका छन्।
निर्धारित समयावधिभित्र कार्य सम्पन्न हुन नसक्ने भएकोले सार्वजनिक खरिद ऐनको दफा ५२ ‘क’को ४ र ५ बमोजिम कार्य नगरेकोले सम्झौता रद्द गरिएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया