ad ad

कारोबार


राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी फागुन ४ र ५ गते

राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी फागुन ४ र ५ गते

नेपालखबर
माघ २३, २०८० मंगलबार १५:२७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ।

सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ। 

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो। यो सम्मेलन महासंघ ले पहिलो पल्ट आयोजना गर्न लागेको हो।

नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समय देखि सक्रिय रूपमा भाग लिरहेकाछन्, तर महिला उद्यमीहरुको योगदान को प्रायः कम मूल्याङ्कन गरिएको छ। श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ्न गएमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतले वृद्धि गर्न सकिन्छ । महिला उद्यमीहरू को सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्नेछ।

महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसँग छुट्टाछुट्टै छलफल गरिनेछ । 

दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .