ad ad

कारोबार


औसत डेढ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर

औसत डेढ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर

नेपालखबर
माघ २३, २०८० मंगलबार १२:७, काठमाडौँ

कर्जाको ब्याजदर औसत डेढ प्रतिशत बिन्दुले घटेको छ। वार्षिक बिन्दुगत आधारमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको हो।

चालु आवको ६ महिना पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर औषत १.४१ प्रतिशतले घटेर ११.३८ प्रतिशतमा आएको छ। 

योसँगै पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको देखिएको हो। 

२०८० पुसमा वाणिज्य बैंकहरुको औसत कर्जाका ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको छ। २०७९ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत कायम भएको थियो।

२०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत रहेको छ। २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो। 

त्यसैगरी, २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेकोमा २०८० पुसमा २.८६ प्रतिशत रहेको छ।

२०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .