२०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अर्थात् मूल्य वृद्धि ५.२६ प्रतिशत कायम गरिएको छ।
अघिल्लो वर्ष सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो।
पुस मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ।
२०८० पुस महिनामा घिउ तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ।
मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ।
वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क १०.२७ प्रतिशतले बढेको थियो।
Shares
प्रतिक्रिया