ad ad

कारोबार


सरकारको उद्देश्य र कार्यक्रम अवलम्वन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सरकारको उद्देश्य र कार्यक्रम अवलम्वन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

नेपालखबर
माघ २२, २०८० सोमबार १५:०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी छन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरि आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताइन्।

नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्वन गर्न पनि उनले आग्रह गरिन्।

\फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय बृद्धि, अप्टिकल फाइबर योजनाहरु यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनिय बृद्धिमा जोड दिँदै एफटीटीएच व्यवसायको आक्रामक बिस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी बिस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन्।

आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमा कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम,  सुधारका कार्यहरुमा धेरै पटक छलफल गरेको उनले स्मरण गरिन्।

कार्यक्रममा टेलिकमका सेवा सुविधा र आगामी योजनाबारे नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले जानकारी गराएकी थिइन्।

कम्पनीका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी र नेपाल टेलिकम सञ्चालन समितिका सदस्य शंकर लामिछानेले पनि शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .