काठमाडौँ महानगरपालिकाले क्लब, दोहोरी र बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ।
महानगरको राजस्व विभागले यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाएको हो।
बागमती प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ।
यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए।
‘हामीले १५ दिन दिएर पत्र पठाएका छौँ। यस अवधिमा कर नतिरे महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ’, काफ्लेले भने, ‘यसमा आपतकालीनबाहेक सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन्।’
132
Shares
प्रतिक्रिया