कारोबार


अमेरिकाले २०२३ मा बेच्यो २ खर्ब ३८ अर्ब डलरको हतियार

अमेरिकाले २०२३ मा बेच्यो २ खर्ब ३८ अर्ब डलरको हतियार

अमेरिकी एफ३५ विमान। तस्बिर : गेट्टी-एएफपी


नेपालखबर
माघ १६, २०८० मंगलबार १६:२९, काठमाडौँ

विश्वमा संयुक्त राज्य अमेरिकाको हतियार बिक्री ह्वात्तै बढेको छ। गत वर्ष रुसले युक्रेनमा आक्रमण थालेपछि बढेको मागसँगै अमेरिकाले कुल २ खर्ब ३८ अर्ब अमेरिकी डलरको हतियार बिक्री गरेको हो। 

अमेरिकी सरकारले ८१ अर्ब डलरको हतियार बिक्रीमा प्रत्यक्ष परामर्श गरेको थियो जुन स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२२ को भन्दा ५६ प्रतिशतले बढी हो। 

बाँकी सबै अमेरिकी प्रतिरक्षा कम्पनीहरुले विदेशी राष्ट्रलाई प्रत्यक्ष बिक्री गरेको बीबीसीले उल्लेख गरेको छ। 

युक्रेनको छिमेकी पोल्यान्ड समेत अहिले आफ्नो सैन्य विस्तार गर्दै छ, जसले नै ठूला खरिदमध्ये केही किनिसकेको छ। 

पोल्यान्डले १२ अर्ब डलरका अपाची हेलिकप्टर, हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) १० अर्ब डलरको, एम१ए१ अब्राम्स ट्यांक ३.७५ अर्ब डलरको खरिद गरेको डिपार्टमेन्टले जनाएको छ। 

अक्टोबरमा सकिने अमेरिकी सरकारको आर्थिक वर्षका लागि तयार प्रतिवेदनमा यसबारे उल्लेख छ। उसले ४ अर्ब डलरको इन्टिग्रेटेड एयर एन्ड मिसाइल डिफेन्स ब्याटल कमान्ड सिस्टम समेत खरिद गरेको छ। 

हालका पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले अघिल्लो सरकारको सैन्य आधुनिकीकरण नीतिलाई निरन्तरता दिने बताइसकेका छन्। यसको अर्थ पोल्यान्ड युरोपकै प्रमुख शक्तिशाली राष्ट्र बन्ने लक्ष्यसाथ अघि बढेको छ। 

यता जर्मनीले समेत साढे ८ अर्ब डलरका चिनुक हेलिकप्टर, बुल्गेरियाले डेढ अर्ब डलरका स्ट्राइकर आर्मर भेहिकल र नर्वेले १ अर्ब डलरका मल्टिमिसन हेलिकप्टर खरिद गरेका छन्। 

यसबाहेक चेक गणतन्त्रले ५.६ अर्ब डलरका एफ–३५ जेट विमान र अन्य हतियार खरिद गरेको छ। 

युरोपबाहिरबाट समेत अमेरिकी हतियार खरिद भएको छ। जसमा दक्षिण कोरियाले ५ अर्ब डलरका एफ–३५ जेट र अस्ट्रेलियाले ६.३ अर्ब डलरका सी१३०जे–३० सुपर हर्कुल्स विमानहरु खरिद गरेको छ। जापानले समेत १ अर्ब डलरका ई–टुडी हकी जासुसी विमान खरिदको सम्झौता गरेको छ। बीबीसीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad