बागमती


बागमतीमा जनता सन्तुष्ट छन्, नेता असन्तुष्ट छन् : मुख्यमन्त्री जम्कट्टेल

बागमतीमा जनता सन्तुष्ट छन्, नेता असन्तुष्ट छन् : मुख्यमन्त्री जम्कट्टेल

नेपालखबर
माघ १६, २०८० मंगलबार १६:३०, हेटाैंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशका जनता सन्तुष्ट रहेको बताएका छन्। मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले जनता सन्तुष्ट रहेको तर नेताहरु नै असन्तुष्ट रहेको बताएका हुन्।

‘पछिल्लो समया अवस्था परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन भन्ने कुरा जनतामा निराशा छ भन्ने कुरा थुप्रै कुराहरू सुनियो’ उनले भने, ‘तर मलाई के लाग्छ भने अहिले जनता निराश होइन, भन्ने हो भने जसले विकास देखेको छ बिजुली पुगेको छ पानी पुगेको छ। सबै चिज छ। खुसी छन् अनि नेताहरू असन्तुष्ट छन्। केही मन्त्री र सांसद असन्तुष्ट छन् तर जनता सन्तुष्ट छन्।’

मुख्यमन्त्री जम्मकट्टेलले विकासप्रेमी मान्छेलाई जनप्रतिनिधि भएको हेर्न नचाहेको बताए। एउटा सामन्ती परम्पराबाट हुर्केर आएको हामीले त्यो स्वीकार गर्न सकेका छैनौं, जनजातिहरू, महिलाहरू सांसद–मन्त्री भएका देख्न नचाहने तत्त्वले मात्र विरोध गरेको उनको दाबी छ।

प्रदेश सरकार स्थापना भएदेखि गाउँ गाउँमा विकास पुगेको बताउँदै पछिल्लो समय केही तत्वहरुले सरकारको नकारात्मक टिप्पणी गर्दै हिड्नु दुखद् रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad