ad ad

कारोबार


जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण, १७३ कम्पनीको सेयर मूल्य बढ्यो

जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण, १७३ कम्पनीको सेयर मूल्य बढ्यो

नेपालखबर
माघ १४, २०८० आइतबार १५:६, काठमाडौँ

सेयरबजार आज १०.३७ अंकले उकालो लागेको छ। 

नेप्से उक्त अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको हो। योसँगै ३ अर्ब ८३ करोड ३७ लाखको कारोबार भएको हो। 

आज बजारमा १ करोड ७ लाख कित्ता सेयर बिक्री भएको छ। 

बजारमा आज जलविद्युत् कम्पनीको सेयरमा उछाल आएको छ। योसँगै मध्यसोलु, माथिल्लो मैलुङ खोला, सामलिङ पावरका लगानीकर्ताले कमाएका छन्। 

उनीहरुले १० प्रतिशत आम्दानी गरेका हुन्। 

यता चन्द्रागिरि हिल्सका लगानीकर्ताले भने धेरै गुमाएका छन्। कम्पनीको सेयर ९.८६ प्रतिशतले घट्दा लगानीकर्ताले १०३ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। 

आज पनि बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको ३३ करोडको कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .