कारोबार


यातायात ब्यवस्था कार्यालय विराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

यातायात ब्यवस्था कार्यालय विराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

नेपालखबर
माघ २३, २०७६ बिहिबार १३:१५,

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा विराटनगरको यातायात ब्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। एक्स्टेन्सन काउण्टरको विराटनगरका यातायात ब्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका बिच बिहीबार उद्घाटन गरे।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad