ad ad

राजनीति


एमसीसी विवाद चर्कँदै गर्दा पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न पुगे अमेरिकी राजदूत

एमसीसी विवाद चर्कँदै गर्दा पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न पुगे अमेरिकी राजदूत

नेपालखबर
माघ २३, २०७६ बिहिबार १०:१३,

अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) मार्फत् आर्थिक सहयोग लिने सम्झौता संसदबाट अनुमोदन गर्ने की नगर्ने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीव्र विवाद चलिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन्।

कोटेश्वरस्थित नेपाल निवासमा पुगी अमेरिकी राजदूत बेरीले भेट गरेका हुन्।

‘बैठकमा उहाँहरुबीच आपसी हीत र चासोको विषयहरुमा छलफल भएको छ,’ नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए।

अमेरिकाले अघि सारेको एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा सत्तारुढ नेकपाका शीर्ष नेताहरु पक्ष विपक्षमा विभाजित भएका बेला अमेरिकी राजदूत बेरीले पूर्वप्रधानमन्त्री नेपालसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नेता नेपालले पनि सो सम्झौतालाई जस्ताको तस्तै अनुमोदन गर्न नहुने धारणा राख्दै आएका छन्।

यो विवादले गम्भीर रुप लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वम कार्यदल गठन गरेर अध्ययन शुरु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .