ad ad

कारोबार


सूर्यज्योति लाइफको आग्रह : निर्धक्क भएर बीमालेख खरिद गर्नुस्, सेवासुविधा लिनुस्

सूर्यज्योति लाइफको आग्रह : निर्धक्क भएर बीमालेख खरिद गर्नुस्, सेवासुविधा लिनुस्

नेपालखबर
पुस २३, २०८० सोमबार १३:२५, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई निर्धक्क भएर कम्पनीका जीवन बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिन आग्रह गरेको छ।

हालै केही मिडियाबाट सुनियोजित रुपमा कम्पनीप्रति नकारात्मक असर पुर्‍याउने गरी समाचार प्रकाशित गरिएको भन्दै कम्पनीले ध्यानाकर्षण जनाएको हो। 

‘कपोलकल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका समाचारहरूप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, कम्पनीले भनेको छ।  

संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको कम्पनीले जनाएको छ। 

‘नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधिभित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँछौँ’, कम्पनीले भनेको छ। 

कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेका आधारहीन समाचारको पछि नलाग्न कम्पनीले ग्राहकमा अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .