जापानको हनिदा विमानस्थलमा अवतरणको क्रममा एक जापान एयरलाइन्सको विमानमा आगो लागेको छ।
बीबीसीका अनुसार मंगलबार उक्त घटना भएको हो।
धावनमार्गमा अवतरणको क्रममा उक्त घटना भएको जापानी टिभी एनएचकेको भिडिओ फुटेजमा देखिएको छ।
आगाका ज्वाला विमानको तल र झ्यालबाट बाहिर निस्किएको थियो। जापानी टिभी एनएचकेले विमानस्थलकै अर्को विमानसँग ठोक्किएर उक्त आगलागी भएको हुनसक्ने जनाएको छ।
जेएएल ५१६ उडान नम्बरको विमान होकाइदोबाट उडेको थियो।
— BNO News (@BNONews) January 2, 2024BREAKING: Japan Airlines plane with 367 people on board collides with Coast Guard plane at Tokyo Airport pic.twitter.com/ANheXFC2Ny
720
Shares

प्रतिक्रिया