ad ad

कारोबार


त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाटै दिन प्राधिकरण कर्मचारीको माग

त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाटै दिन प्राधिकरण कर्मचारीको माग

नेपालखबर
पुस १५, २०८० आइतबार १३:१०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले त्रिभुवन विमानस्थलको भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) खुल्ला प्रतिस्पर्धाबाटै दिइनुपर्ने बताएका छन्। 

प्राधिकरणको रजत जयन्तीको अवसरमा निगमले सिधै पाउँदै आएकोमा आधिकारिक ट्रेड युनियनले प्रधिकरणले खुल्ला प्रतिस्पर्धाबाटै भूमिस्थ दिनु पर्ने माग गरेको हो। 

आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष श्रवणकुमार यादवले भावनात्मक कुरा निकालेर वायु सेवा निगमलाई भुमिस्थ सेवा दिन नहुने बताए। 

त्रिभुवन विमानस्थलमा वायुसेवा निगमको मोनोपली रहेको भन्दै यादवले भुमिस्थ सेवा गुणस्तरिय नभएको बताएका छन्। 

‘कसैको आशीर्वादले पाएको भूमिस्थ सेवा अब प्रतिस्पर्धाबाटै दिनुपर्छ’, यादवले भने, ‘वायुसेवा निगम सक्षम भए प्रतिस्पर्धाको माध्यमबाटै आउनुपर्छ।’

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउन आवश्यक नभएको बताए। युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन दिएका १२ सुझाव कार्यन्वयन गर्न ट्रेड युनियनले आग्रह गरेको छ। प्राधिकरणमा फुट ल्याउने भन्दा अहिले भएसै संरचनामा सुधार गर्नुपर्ने माग गरेका छन्। 

२५ वर्ष पुगेको अवसरमा बोल्दै  उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा गरेको बताए। प्राधिकरण स्थापनाको शुरुका ४ वर्ष घाटामा गएपनि त्यसपछि लगातार नाफामा गएको बताएका छन्। 

प्राधिकरणको आयमध्ये एरोनटिकलतर्फ ११ अर्ब ७२ करोड तथा ननएरोनटिकलतर्फ १ अर्ब ७८ करोड गरी १३ अर्ब ५१ करोड  भएको अधिकारीले जानकारी दिए। 
 
प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाइ उडान १९२ प्रतिशतले वृद्धि, यात्राहरूको संख्या पनि ३६४ प्रतिशत र कार्गो १०० प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .