ad ad

कारोबार


बाँकेमा सिद्धार्थ बैंकको दुई शाखा

बाँकेमा सिद्धार्थ बैंकको दुई शाखा

नेपालखबर
माघ २२, २०७६ बुधबार १०:३४,

सिद्धार्थ बैंकले मंगलबार बाँके अवस्थित न्युरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाकी उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले संयुक्त रुपमा र बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे।

बैंकले न्यूरोड नेपालगञ्ज शाखा गत पुस १६ गते र बीपी चोक शाखा गत भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो।

बैंकको देशभर १ सय ८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, २ सय ३ एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .