ad ad

कारोबार


निर्जीवन बीमा कम्पनीले एक महिनामा गरे २ अर्ब बढीको व्यवसाय

निर्जीवन बीमा कम्पनीले एक महिनामा गरे २ अर्ब बढीको व्यवसाय

नेपालखबर
पुस १३, २०८० शुक्रबार १७:२, काठमाडौँ

निर्जीवन बीमा कम्पनीले पछिल्लो एक महिना (मंसिर)मा २ अर्ब बढीको व्यवसाय गरेका छन्।

निर्जीवन बीमा कम्पनीले मंसिर महिनामा मात्रै २ लाख ७२ हजार ३५८ बीमा शूल्क बिक्री गरी २ अर्ब ९९ करोड ६ लाखको व्यवसाय गरेका छन्।

मंसिरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गर्न सफल भएको छ। कम्पनीले एक महिनामै ३९ करोड ४३ लाखको व्यवसाय गरेको छ।

सोही अवधिमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम ४ करोड ६ लाखको व्यवसाय गरेको छ।

कुन कम्पनीले गरे कतिको व्यवसाय?
नेपाल इन्स्योरेन्स कम्पनीले मंसिर (एक महिना)मा १२ करोड २९ लाखको व्यवसाय गरेको छ। त्यसैगरी, दि.ओरेण्टल इन्स्योरेन्स कम्पनीले १३ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीले ४ करोड ६ लाख, नेशनल इन्स्योरेन्सले ८ करोड २ लाख, नेको इन्स्योरेन्सले २७ करोड ३५ लाख, प्रभु इन्स्योरेन्सले १३ ककरोड ५३ लाख र शिखर इन्स्योरेन्सले ३० करोड ४० लाखको व्यवसाय गरेको छ।

साथै, एनएलजी इन्स्योरेन्सले १८ करोड १ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २६ करोड १७ लाख, सानिमा जिआईसीले २५ करोड १८ लाख, सिद्धार्थ इन्स्योरेन्सले ३१ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३९ करोड ४३ लाख, जिआईसी प्रुडेन्सियलले २ करोड ७४ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले २० करोड २९ लाखको व्यवसाय गरेको छ।

लघु जीवन बीमा कम्पनीले गरे १ करोड ११ लाखको व्यवसाय
लघु जीवन बीमा कम्पनीले ५ हजार ५३८ बीमा पोलिसी बिक्री गरी १ करोड ११ लाखको व्यवसाय गरेका हुन्। नेपाल माईक्रो इन्स्योरेन्सले ७९ लाख र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३१ लाखको व्यवसाय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .