ad ad

कारोबार


नेपालमा सीजी केवाइसी चाइनाका प्रतिनिधि, चितवन शो रुम र चार्जिङ स्टेसन हेर्ने

नेपालमा सीजी केवाइसी चाइनाका प्रतिनिधि, चितवन शो रुम र चार्जिङ स्टेसन हेर्ने

नेपालखबर
पुस ६, २०८० शुक्रबार १५:१०, काठमाडौँ

कमर्सियल भ्यान केवाइसीका कम्पनी प्रतिनिधिहरू नेपालमा केवाईसीको बजार, सोरुम साथै चर्जिङ स्टेसन अवलोकन गर्दै चितवन पुगेका छन्।

लाइट कमर्सियल सेग्मेन्टमा निकै चर्चित केवाइसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चार्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्शिप शो रुम हेर्न चितवन पुगेका हुन्। नेपालका लागि सेल्स प्रमुख, सर्भिस साथै अन्य व्यक्तिहरूको उपस्तिथी रहेको कम्पनीले जनाएको छ।

काठमाडौं सिन्धुली, काठमाडौं चितवन, काठमाडौं हेटौंडा, हेटौंडा वीरगन्ज, चितवन वीरगन्ज, काठमाडौंदेखि लामो रुट पूर्व, साथै पश्चिम सम्म सन्चालन रहेको केवाइसी ११ सिटर भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको ब्याट्रि प्रयोग भएको छ। यसमा ५० किलोवाट पिकपावर भएको मोटर छ।

कम्पनीका अनुसार गाडीले ५० किलोवाटसम्मको डिसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी (जिवीटी पोर्ट) चार्जर सपोर्ट गर्छ। चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ।

यसको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ। यसमा २९३० एमएम लामो ह्वीलवेस रहेको छ। भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय हवील जस्ता फिचर छन्। यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ।

करीब १००० भन्दा धेरै गाडी बिक्री गरिसकेको सीजीले चार्जिङ स्टेसन पनि बिस्तारसँगै ईलाम, हिले गाईघाट, वीरगंज, परवानीपुर, लाहान, काठमाडौं, गोङगबु, भक्तपुर, सिन्धुली, सुकुटे, चरिकोट, चौतारा, मन्थली, त्रिशुली, चितवन, हेटौंडा, बुटवल, सुर्खेत, दाङ, कोहलपुर, चिसापानी कर्णाली, महेन्द्रनगरबाट चार्जिङ सेवा लिन सकिने छ।

छिट्टै चार्जिङ स्टेसन जडान हुने स्थानहरू बिर्तमोड, इटहरी, विराटनगर, हलेसी खोटाङ, ओखल्ढुङ्गा, गाईघाट, खाडीचौर, सिन्धुली, चियाबारी सिन्धुली, चरिकोट, रातमाटे सिन्धुली नेपालथोक खोटाङ बजार, रामेछाप, सोलु, वीरगन्ज, राजविराज, जनकपुर, बर्दिबास, भर्दह, काठमाडौंमा पहेलोपुल, कपन, कोटेश्वर, बालाजु, महाराजगन्ज, हात्तीवन, बेनिघाट धार्के, धदिङ बजार, पोखरा, डुम्रे, कावासोती, गुल्मी, अर्घाखाँची, राजापुर, भुरिगाउ, कोहलपुर, चक्चके, चन्द्रौटा, भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, सल्यान, धनगढी, डडेलधुरा, बुडर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .