नेपालमा जीडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूका साथ विन्टर अफर ल्याएको छ।
यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीको भनाई छ।
दि लक्जरी ड्राइभ : ३ लाखसम्मको फाइदा!
कम्पनीका अनुसार लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जीडब्लुएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ।
यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन्।
९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ।
उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मका फाइदाहरू!
यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन्। चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जीडब्लुएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया