कारोबार


‘कोरोनाको हल्ला धेरै नगरौँ, सतर्क रहौँ’

‘कोरोनाको हल्ला धेरै नगरौँ, सतर्क रहौँ’

नेपालखबर
माघ २१, २०७६ मंगलबार ८:११,

नेपाल भ्रमण वर्ष सचिवालय र होटल एसोसिएसन अफ नेपालले कोरोना भाइरसको विषयमा नेपालमा धेरै हल्ला भएको बताएका छन्। कोरोनाको विषयमा धेरै हल्ला गर्दा पर्यटन क्षेत्रमा असर पर्ने दाबी गरेका हुन्।

नेपालमा चीनबाट आएका १ जना विद्यार्थीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र उनी निको भइसकेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपाल कोरोनाको असर चिनियाँ पर्यटक आगमनमा पर्ने बताएका छन्। उनले नेपालमा कोरोना भाइरसको बढी हल्लाउँदा अन्य देशको पर्यटकमा असर पर्ने बताएका छन्। ‘कोरोना भाइरसबाट सतर्क रहनुपर्छ तर धेरै हल्लाखल्ला गर्नु आवश्यक छैन’, उनले भने, ‘३ महिनाको समय हामी हेर्छौँ नभए चीनबाहेकका अरु देशमा प्रचार गर्छौँ।’

भ्रमण वर्ष २०२० मा चीनबाट ५ लाख पुर्याउने लक्ष्य राखेको भन्दै चीनबाट ल्याउन नसके अन्य देशबाट ल्याउने प्रयास गर्ने दाबी गरे। ‘अब बुद्धजयन्तीमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै ल्याउने प्रयास हुन्छ। कोरोनाको संक्रमण लामो समय रहे अरु मार्केट खोज्छौं’, उनले भने।

होटल एसोसिएसन नेपालका (हान) अध्यक्ष सृजना राणाले सबै सदस्य होटललाई सतर्क रहन पत्राचार गरेको बताइन्।

‘होटलमा आएका कुनै पर्यटकलाई ज्वरो वा रुघाखोकीको संक्रमण देखिए तत्काल हस्पिटलमा भर्ना गर्न भनेका छौँ’, उनले भनिन्, ‘नेपाल कोरोना भाइरसको अवस्था कन्ट्रोल गर्न सक्षम छ भन्ने सन्देश पर्यटकलाई दिनुपर्छ। यसले बुकिङ रद्दमा पनि सहयोग गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .