शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका हो।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो।
15
Shares
प्रतिक्रिया