काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा सघाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।
महानगर दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाहले फोहोरको दीर्घकालीन व्यवस्थापन, खोला अतिक्रमणलगायतमा आवश्यक पहल गरिदिन आग्रह गरेका हुन्।
उनले काठमाडौं महानगरपालिकाभित्र तीनवटा मुख्य चुनौती रहेकाले महानगर, प्रदेश र संघ सरकार मिलेर त्यसको हल खोजिनुपर्ने बताए।
तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमण र फोहोर व्यवस्थापनमा उनले संघ सरकारको सहयोग मागेका थिए। आफ्नै कार्यकालमा उक्त समस्या समाधान गर्न प्रयासरत रहेकाले केन्द्र सरकारले सहयोग गर्नेमा बालेनले आशावादी रहेको बताए।
57
Shares
प्रतिक्रिया