ad ad

कारोबार


ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १४:४६, काठमाडौँ

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन्।

बिहीवार ग्लोबल आईएमई बैंकको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले बैंकको ७७ जिल्लाहरुमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकलेआर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए। उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए। उनले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रश्ताव गरिएको बताए।

उनले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस सेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे। उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब  र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे।

उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि  भएको जानकारी दिए। उनले बैंकले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए। उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा  बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे।

उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए। उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .