ad ad

राजनीति


बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु

बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलको बहस सुरु

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १४:५१, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दामा सरकारी वकिलले बहस सुरु गरेका छन्।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा निर्णायक सुनुवाइ जारी छ। अहिले सरकारी वकिल महेश खत्रीले बहस गरिरहेका छन्।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिएको थियो।

बिहीबारको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लाग्नेछ।

सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन्।
सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेमा खाणबारे उच्च अदालतले निर्णय सुनाउने छ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो। पाण्डेले खाणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .