ad ad

कारोबार


शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब बचतमा

शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब बचतमा

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १३:५१, काठमाडौँ

नेपालबाट मुलुकबाहिर हुने कारोबारभन्दा विदेशबाट नेपालभित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को ४ महिना (कात्तिक)सम्म शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा थियो । 

यस वर्ष वस्तु आयातमा उल्लेख कमी आएको छ । रेमिट्यान्स र पर्यटन आय सुधार भएको छ । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाख बचत रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ४ महिनामा चालू खाता ९६ अर्ब ३६ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३७ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .