ad ad

कारोबार


इलामका बन्द ५२ चिया उद्योग आजदेखि खुले

इलामका बन्द ५२ चिया उद्योग आजदेखि खुले

नेपालखबर
असार १५, २०७६ आइतबार ५:२६,

केही दिनदेखि बन्द इलामका ५२ वटा चिया उद्योग आज आइतबारदेखि खुलेका छन्।

उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगी र नगरपालिकाबीच सहमति भएको हो।

सूर्योदय टी एसोसियसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधिबीच शनिबार छलफल भएको थियो।

छलफलमा गएको वर्ष लागू गरिएको कार्यविधिअनुसारै ‘किसानले चियाको हरियो पत्तीमा गुणस्तर कायम राख्ने भन्नेमा सहमति भएपछि आइतबारदेखि ती चिया उद्योग खुलेका हुन्।

इलामको सूर्योदय नगरपालिकाले एक वर्षअघि कार्यविधि ल्याउँदै चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ तोकेको थियो । त्यस्तै, न्यूनतम ४० प्रतिशत मुना नभएको चिया प्रशोधन गर्न नपाउँने व्यवस्था गरेको थियो ।

वर्षाका बेला हरियो पत्तिको ४० रुपैयाँ मोल दिन नसक्ने र यो सिजनमा न्यूनतम ४० प्रतिशत मुना भएको चिया उत्पादन नहुने भन्दै स्थानीय सूर्योदय टी प्रोडुसर एसोसिएसनमा आबद्ध ५२ उद्योग बन्द गरिएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .